प्रभु साह आफ्ना प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतका साथ अगाडि

समाचार

रौतहट, ६ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि रौतहट ३ मा जारी मतगणना अनुसार स्वतन्त्र उम्मेदवार रहेका पूर्वमन्त्री प्रभु साह आफ्ना प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतका साथ अगाडि छन् ।

रौतहट क्षेत्र नं. ३ बाट लगातार तीन पटकदेखि बिजयी हँुदै आएका साह ६२ सय ५३ मतसहित अगाडि छन् ।

नेकपा एमालेसहितका दलले समर्थन गरेका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाल ३७ सय ५१ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

आफ्ना प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतका साथ आगाडी रहेका साह चौथो पटक सांसदमा बिजयी हुने संकेत देखिन्छ ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका रबिन्द्र पटेल धिरले १७ सय ५९ मत सहित तेस्रो स्थानमा रहेका छन् । धिरजलाई माओवादी केन्द्रले साधारण सदस्य समेतबाट कारवाही गरिसकेको छ ।

धिरजलाई कारवाही गरेको माओवादी केन्द्र सहित सत्तारुढ पाँच दलीय गठबन्धनले साहलाई समर्थन गरेको थियो । तर केन्द्र स्तरबाट समर्थन गरिए पनि सो क्षेत्रमा साहलाई भनेजस्तै अन्य दलले सहयोग गरेका थिएनन् ।

एमाले, कांग्रेस, जसपा सहितका प्रमुख दलले साहलाई असयहोग गर्दै जैसवाललाई सघाएका थिए । तर रौतहट सहित देशैभरी बिकास गरेका कारण साहलाई सर्वसधारण मतदाताले मन पराउँने कारणले साहको लोकप्रियता बढदै गएको छ ।

सोही कारण साह पुन बिजयी हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ