काठमाडौं, ६ मंसिर । प्रदेशसभा सदस्यमा सप्तरी २ (क) बाट जनमत पार्टीका सतिशकुमार सिंह विजयी भएका छन् ।
जनमतका नेता सिंहले १६ हजार सात सय ३४ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका नेता एवं मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आठ हजार दुई सय ९२ मत ल्याएका छन् ।
जसपाका साहभन्दा दोब्बरभन्दा बढी मतसहित जनमतका सिंहले विजय हासिल गरेका हुन् ।
यसअघि सप्तरी २ (ख) बाट जनमतकै महेशप्रसाद यादव विजयी भएका हुन् ।
तपाईको प्रतिक्रिया