प्रभु साह विजयी

समाचार

रौतहट, ८ मंसिर । रौतहटको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन् । उनले ३२४३७ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी ओमप्रकाश जयसवालले २५२०० मत प्राप्त गरे ।

नेकपा माओवादीबाट उहाँ ०६४, ०७०, ०७४ को प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएका थिए ।

पछिल्लो समय माओवादी केन्द्रबाट विद्रोह गर्दै नेकपा एमालेमा रही छोटो समयमै विद्रोह गरी साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ