रुपन्देही, ८ मंसिर । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् ।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवलाई पाँच हजार दुई सय ९६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
कुल ७६ हजार छ सय ७५ मतमध्ये शुक्लले २८ हजार मत प्राप्त गरि विजयी भएका छन् ।
शुक्लका निकटतम् प्रतिस्पर्धी तथा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका यादवले २२ हजार ७ सय चार प्राप्त गरेका छन् ।
जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार पाँच सय २६ मत प्राप्त गरे ।
तपाईको प्रतिक्रिया