नागरिक उन्मुक्तिका अध्यक्ष श्रेष्ठ विजयी

समाचार

कैलाली, ८ मंसिर । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भएकी छन् ।

श्रेष्ठ ३० हजार ४०४ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत पाए ।

अध्यक्ष श्रेष्ठ २०७२ सालमा भएको टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका कैलाली १ बाट २०७४ मा निर्वाचित पूर्व सांसद रेशमलाल चौधरीकी श्रीमती हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ