विराटनगर, ९ मंसिर । दुई गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका योगेन्द्र मण्डल निर्वाचित भएका छन् ।
मण्डलले २१८२० मत प्राप्त गर्दा माओवादीका शिवकुमारले १७४८६ मत प्राप्त गरेका छन् भने, जसपाका राजकुमार यादवले १७३९० मत प्राप्त गरेका छन् ।
अघिल्लो निर्वाचनमा काँगे्रसका अमृत अर्याललाई हराउदै विजयी बनेका माओवादी केन्द्रका नेता मण्डल ०७० मा देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट आपूर्ति मन्त्री बनेका थिए ।
यता स्वतन्त्र उम्मेदवारी दिएका मण्डल भने विद्यार्थीकालको राजनीति गर्दा मात्रै निर्वाचनमा जितेको अनुभव रहेको बताउछन् ।
तपाईको प्रतिक्रिया