कपिलवस्तु क्षेत्र नम्बर १ एमालेमय बन्यो

समाचार

इमरान खान, कपिलवस्तु, ९ मंसिर । कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर १ मा एमालेले प्रतिनिधि र प्रदेश सभाको दुवै सिट जित्दै उक्त क्षेत्र एमालेमय बनेको छ ।

एमालले प्रतिनिधि सभाको क्षेत्र नम्बर १ तथा प्रदेशको १ को १ र २ दुवैमा कांग्रेसमा उम्मेदवारलाई पराजित गर्दै जित हात पारेको हो ।

कपिलवस्तु १ को प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवारले ३३ हजार ६१७ मतका साथ विजयी भएका छन् ।

प्रतिनिधि सभा सदस्यमा बलराम अधिकारीले १५ हजार ४२९ मतान्तरले माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेबलाई हराएका हुन् ।

एमाले उम्मेदवार अधिकारीले ३३ हजार ६ सय १७ मत प्राप्त गर्दा माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेवले १८ हजार १ सय ९० मत प्राप्त गरेका थिए ।

यस्तै कपिलवस्तु क्षेत्र नं. १ को प्रदेश सभा १ मा नेकपा एमालेका विष्णु पन्थी र २ मा मधुसुदनशरण चौधरी विजयी भएका छन् ।

पन्थीले २० हजार २ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन् । मतगणनाको सुरुवाती चरण देखि नै अगाडी देखिएका पन्थी फराकिलो मतान्तरले दाश्रो कार्यकालका लागि विजयी भएका हुन् ।

पन्थीका प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डोलकराम घिमिरेले १५ हजार ७ सय ९७ मत प्राप्त गरे ।

घिमिरेलाई ४ हजार ४ सय ५० मतले पछाडि पार्दै पन्थी प्रदेश सभामा दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर १ को २ मा नेकपा एमालेका उम्मेदवार मधुसूदन शरण चौधरिले ११ हजार ७४८ मतका साथ बिजयी भएका छन् ।

उनले २,६८२ मतान्तरका साथ नेपालि कांग्रेसका उम्मेदवार सहसराम यादवलाई हराएका छन् । यादवले १० हजार ६० र नेकपा एसका उम्मेदवार फैजल खानले ८ हजार ८०७ मत पाएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ