जनकपुरधाम, १० मंसिर । “आतंकवाद विरुद्ध, शान्ति अभियान” नारासहित जनकपुरधाम जनकचौकमा कोणसभाको आयोगना गर्दै जनकचौकबाट जानकी मंन्दिरसम्म कैन्डिल मार्च गरी समापन गरिएको छ ।
लोकतान्त्रिक युवा नागरिक समाजद्वारा आयोजना गरिएको कार्यक्रममा आजैको दिन १४ वर्ष अगाडि मुम्बईको रियायसी एरिया, ताज होटल, मेरिन ड्राइभसहितको ठाउँमा पाकिस्तानी आतंकवादीद्वारा गरिएको आतंकी हमलामा मारिएका १६० जनासहित विश्वभरिको आतंकी घटनामा सहादत भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
सो कार्यक्रममा लोसपाका नेता राजीव झाले यसप्रकारको घटना घटाउने जुनसुकै देश, समुदाय, संस्था वा व्यक्तिलाई सामाजिक वहिस्कारको साथै विश्वभरिको देशहरुले आतंकी घोषणा गर्नुपर्ने बताए ।
सोही कार्यक्रममा हिन्दी भाषा अभियानी रमण पाण्डेयले यसप्रकारको घटना मानबता विरोधी रहेको भन्दै निन्दा गरे ।
करिब सय जनाको उपस्थिति रहेको सो कार्यक्रम लोकतान्त्रिक युवा नागरिक समाजका अध्यक्ष मनिष श्रीओम झाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा दिपक यादव, जनकपुर युथ क्लबका पूर्वअध्यक्ष गोबिन्द राय चन्दन, सुभास कुमार शर्मा, जिरोमाइल युवा कमिटीको अध्यक्ष शिव शंकर मिश्रा, सुजीत प्रसाद शर्मा, मधेशी स्वास्थ्यकर्मी मन्चका केन्द्रिय अध्यक्ष राम गोपाल साह, सफाइ अभियानी कुमारी, किशोर कुमार, युवा अभियानी नबल किशोर, क्लोथ बैकको कार्यालय सचिब कृष्णा साह, रंजीत कुमार, पारस ठाकुरसहितका वक्ताहरु आफ्नो मन्तब्य राखेका थिए ।
तपाईको प्रतिक्रिया