इमरान खान, कपिलवस्तु, १० मंसिर । कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् ।
आचार्यले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गरेका हुन् ।
उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत पाएका छन् ।
यस्तै, राप्रपाका सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमद शाहले ११२३ मत पाए ।
त्यस्तै, कपिलवस्तु प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसले पहिलो जित निकालेको हो । कपिलवस्तु क्षेत्र नम्बर २(ख) बाट नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका छन् ।
उनी ८९१ मतान्तरले निर्वाचित भएका छन् । पाण्डेयले १४ हजार १८५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्म बहादुर लाल श्रीवास्तवले १३ हजार ३९४ मत प्राप्त गरे ।
०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा श्रीवास्तवसँग पराजित पाण्डेयले अहिले उनलाई पराजित गरेर प्रदेशसभा सदस्य बनेका हुन् ।
तपाईको प्रतिक्रिया