सर्लाही, ११ मंसिर । सर्लाहीको क्षेत्र नं २ बाट नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई दुई हजार १३ मतान्तरले पराजित गर्दै जित निकालेका हुन् ।
वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाल समाजवादी पार्टी (नेसपा)का रायले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न लिएर २३ हजार पाँच सय २९ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका महतोले २१ हजार पाँच सय १६ मत पाएका छन् ।
राय विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने लोसपाका महतो विसं २०७४ मा धनुषा क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया