महोत्तरी १ बाट एमालेका महतो निर्वाचित

समाचार

महोत्तरी, ११ मंसिर । महोत्तरी १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पराजित गर्दै महतो निर्वाचित भएका हुन् ।

महतोले पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गरेका हुन् । महतोले २३ हजार ४ सय २ मत ल्याएका छन् भने पोखरेलले २२ हजार ३ सय ७२ मत ल्याएका छन् ।

नेकपा एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएका महतोले सत्तारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पराजित गरेका हुन् ।

२०७४ मा भएको निर्वाचनमा पोखरेलले महतोलाई पराजित गरेका थिए । २०७४ मा भएको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार पोखरेलले २३ हजार ७ सय ७६ मत ल्याउनुभएको थियो भने महतोले १९ हजार ४ सय ९२ मत ल्याएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ