जनकपुरधाम, ११ मंसिर । सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले एक शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीको अवसरमा सोमबार प्रदेशभरि सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् ।
सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाह पञ्चमीको भोलि मुख्य दिन रहेकाले प्रदेश सरकारले विगत वर्ष जस्तै बिदा दिएको छ ।
यसैगरी जनकपुरधामको नीजि तथा सामुदायिक विद्यालयहरूमा सोमबारदेखि तीन दिनका लागि बिदा दिइएको छ ।
तपाईको प्रतिक्रिया