काठमाडौं, १२ मंसिर । सीताराम विवाहपञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छन् ।
शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले प्राचीन सांस्कृतिक उत्सव विवाहपञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकतालाई सुदृढ पार्न प्रेरणा मिल्ने बताएकी हुन् ।
उनले यस पर्वले मुलुकको मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नुका साथै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेकी छन् ।
“यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पु–याउने विश्वास लिएको छु,” उनको सन्देशमा उल्लेख छ ।
मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ ।
तपाईको प्रतिक्रिया