धनुषा ४ एमालेका महासेठ विजयी

समाचार

जनकपुरधाम, १३ मंसिर । धनुषा क्षेत्र न. ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले)का उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् ।

उनले वाम–लोकतान्त्रिक गठबन्धन तर्फका नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पछि पार्दे विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुई नेता बीच कडा प्रतिस्पर्धा भएको थियो । महासेठले ३२ हजार २३६ मत प्राप्त गरेका छन् भने यादवले ३२ हजार ११२ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ