बिल भरपाई भन्दा बढी मूल्यको विभिन्न सामान बरामद

समाचार

बारा, १३ मंसिर । जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट ना.३ ख ५१६५ र ना.६ ख ४९४२ नम्बरको दुई वटा ट्रकबाट बिल भरपाई भन्दा बढी मूल्यको सामानहरु बरामद भएको छ ।

करिब ८५ लाख १२ हजार ६ सय २८ रूपैयाँ मूल्य बराबरको कपडा, औषधि, किराना सामानहरू र मोर्टस पार्टहरु सोमबार बिहान प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले वीगंजबाट हेटौंडातर्फ जाँदै गरेका उक्त ट्रकहरुमा जाँच गर्दा दुवै ट्रकमा उक्त सामानहरू फेला पारी बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ