विजय गच्छदारलाई हराउँदै भगवती चौधरी निर्वाचित

समाचार

सुनसरी, १३ मंसिर । संसदीय चुनावमा लगातार जित्दै आएका विजय कुमार गच्छदार यसपटक पराजित भएका छन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गरेकी हुन् ।

चौधरीले ४० हजार ७ सय ८८ मत पाएर विजयी हुँदा गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरेकी छन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार ४ सय ५३ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ