सरकार गठनमा सहभागी हुन डा.राउतलाई निधिको प्रस्ताव

समाचार

काठमाडौं, १४ मंसिर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ ।

बुधबार बानेश्वरस्थित निधिको निजि निवासमा भएको भेटघाटमा निधि र डा.राउतबीच आगामी सत्ता सहकार्यबारे छलफल भएको हो ।

भेटघाटको क्रममा निधिले निर्वाचनमा पहिलो पटकमै उनी र उनको पार्टी राम्रै संख्यामा विजयी भएकोमा बधाई दिएका थिए ।

भेटघाटको क्रममा निधिले डा.राउतलाई यो गठबन्धनमा सहभागी हुन र नेपाली कांग्रेससँग संघ र प्रदेशमा सरकार गठनमा सहभागी हुन प्रस्ताव गरेका थिए ।

करिब एक घण्टासम्म भएको भेटवार्तामा निधिको उक्त प्रस्तावमा डा. राउत आफू पूर्ण सकारात्मक रहेको बताएका थिए ।

निधिको सचिवालयअनुसार डा.राउतले निधिको जिज्ञासाको उत्तर दिने क्रममा भने, ‘म शुरु देखि नै शान्ति र लोकतन्त्रमा विश्वास गरेको छु । म र जनमत पार्टी नेपाली कांग्रेस र गठबन्धनसँग केन्द्रीय तथा प्रदेश तहमा सहकार्य गर्न तत्पर छौं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ