लुम्बिनी प्रदेशमा एमाले पहिलो दल

समाचार

रुपन्देही, १४ मंसिर । नेकपा एमाले प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि धेरै मत पाएर पहिलो दल बनेको छ । ३२ दलले प्रदेशसभा निर्वाचनमा भाग लिएका थिए ।

जसमा एमालेले ५ लाख ७० हजार ९२१ मत पाएको छ । त्यसैगरी १८ लाख ८७ हजार ७८ मत सदर भएकोमा नेपाली काँग्रेसले ४ लाख ९९ हजार ९सय ८६ मत पाएर दोस्रो बनेको छ ।

काङ्ग्रेसभन्दा एमालेले ७० हजार ९ सय ३५ मत बढी पाएको छ । त्यस्तै, माओवादी केन्द्रले १ लाख ९८ हजार ४ सय ५० मत पाएर तेस्रो दल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २७ हजार ४५२ मत पाएर चौथो दल बन्दा नागरिक उन्मुक्ति पार्टी १ लाख २५ हजार ५५१ मत सहित पाँचौँ ठूलो दल बनेको छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ८१ हजार ६०५ मत पाएर छैटौँ दल बन्दा जनता समाजवादी पार्टीले ६० हजार ८८६ मत पाएको छ ।

नेकपा एकीकृत समाजवादीले ४२ हजार ६२१ मत, लोकतान्त्रिक समाजवादी पार्टीले ३७ हजार ६३१ मत,राष्ट्रिय जनमोर्चाले ३२ हजार ६४७ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ