रूपन्देही, १४ मंसिर । तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडास्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपि ५६ ए १५९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक भारत घर भएका ६३ वर्षीय हरजद अली मुसलमानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया