ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

पर्सा, १४ मंसिर । वीरगंज महानगरपालिका–२५ चण्डाल चोकमा ना.३ ख ६०७५ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका–२४ बहुअरी बस्ने ७० वर्षीय रुपा राउत कुर्मीको बुधबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ