ग्रेडरले किच्दा छात्राको मृत्यु

समाचार

कैलाली, १५ मंसिर । धनगढी उपमहानगरपालिका–५ हसनपुर पिपल चौतरा नजिक सडक पिच गर्न प्रयोग भइरहेको ना.१ क ९७५ नम्बरको कालिका कन्ट्रक्सनको ग्रेडरले किच्दा साइकलयात्री सोही उपमहानगरपालिका–५ पञ्चोदय माबि हसनपुरमा अध्ययनरत छात्रा बैतडी डिलासैनी गाउँपालिका–६ घर भई हाल धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने १५ वर्षीया चेतना साउदको बिहीबार बिहान मृत्यु भएको छ ।

ग्रेडरले सडकको लेवल मिलाउँदै व्याक गर्ने क्रममा किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

सोही बिषयलाई लिएर स्थानीय बासिन्दाले सामुदायिक सेवाकेन्द्र हसनपुरमा ढुङगामुढा गर्दा ग्रेडर र अन्य २ वटा गाडीका सिसा फुटेर क्षति भएको छ ।

ग्रेडर चालक र ढुङगामुढामा संलग्न धनगढी उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय देबेन्द्र बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ