प्रधानमन्त्री देउवा र राउतबीच भेटवार्ता

समाचार

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटघाटमा दुबै नेताले शुभकामना साटासाट गर्नुका साथै संघ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री देउवाले सहकार्य गर्ने प्रस्ताव राखेपछि अध्यक्ष डा.राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी र्शीजना गर्नेलगायतका एजेण्डा उठाएका थिए । जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा.राउतले प्रतिक्रिया दिए ।

दुबै नेताबीच पहिलो चरणको छलफल भएपनि कुनै निर्णयमा पुगिएको छैन । थप छलफल गर्ने सहमति भएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ