इमरान खान, कपिलवस्तु, १५ मंसिर । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष जाहिद खाँ को अगुवाइमा कपिलवस्तु नगरपालिका वडा नं. १ तौलिहवास्थित रहेको निर्माणाधीन चिल्ड्रेन पार्कको मर्मत तथा सुधार गर्नको लागि पहल थालिएको छ ।
पर्यटन डिभिजन कार्यालय, रुपन्देहीको निमित्त कार्यालय प्रमुख अस्टराज गौतम लगायतका टिमलाई बोलाई मर्मत तथा सुधारका लागि निरीक्षण गराई मर्मत गर्न स्टिमेट तयार पारेका वडा अध्यक्ष खाँले जानकारी दिएका हुन् ।
अस्टराज गौतमका अनुसार यसको मर्मत तथा सुधारका लागि स्टिमेट तयार पारी यथाशीघ्र यसको मर्मत तथा सुधार गरिने बताइएको छ ।
वडा अध्यक्ष जाहिद खाँका अनुसार पर्यटन डिभिजन कार्यालय, रुपन्देहीबाट प्रमुख लगायत टिमहरुलाई बोलाइ यसको मर्मत तथा सुधारका लागि स्टिमेट तयार गराएका हो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ तौलिहवाअन्तर्गत रहेको निर्माणाधीन चिल्ड्रेन पार्क प्रयोगविहीन रहेकाले यस पार्कलाई पुन सन्चालनमा ल्याउने र यसमा बत्तिहरु जडान गरिने फुलहरू लगाई यस पार्कलाई राम्रो तथा व्यवस्थित गराउने पहल गर्ने वडा अध्यक्ष खाँले बताएका छन् ।
यस्ता उदाहरणीय कार्यको कपिलवस्तु नगरपालिका वडा नम्बर १ का जनताहरुले प्रसंशा गरेका छन् ।
तपाईको प्रतिक्रिया