इमरान खान, कपिलवस्तु, १६ मंसिर । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ चाकरचौडामा बिहिबार साँझ भारतिय नागरिक माथि गोली प्रहार भएको छ ।
चाकरचौडा सिमा जोडिएको सिद्धार्थनगर जिल्लाको अलिगढंवाका ३५ बर्षिय ईरशाद खान माथि दुई गोलि प्रहार भएको हो ।
नेपाली सिमा क्षेत्रको चाकलचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि दुई जना अज्ञात व्यक्तिले गोलि प्रहार गरेको खुल्न आएको छ । खानलाई काँध र कम्मरमा गरि दुई गोलि लागेको छ ।
गोली लागेका उनलाई उपचारको लागि भारतको सिद्धार्थनगरको नौगढ लगिएको भए पनि अहिले उनलाई थप उपचारका लागि गोरखपुर मेडिकल कलेज पुर्याईएको खुल्न आएको छ ।
बिहिबार साँझ भारतीय नागरिक माथि दुई गोलि प्रहार भएको र भारतीय प्रहरी संगको समन्वयमा अनुसन्धान अगाडि बढाईएको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।
तपाईको प्रतिक्रिया