नेपालगन्ज, १७ मंसिर । मानव अधिकार तथा शान्ति समाजले बाँके नेत्रहिन संघलाई रु. २५ हजार सहयोग प्रदान गरेको छ । अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्वर मंसिर १७ का दिन नेपालगञ्जमा सो सहयोग हस्तान्तरण गरिएको हो ।
यसैगरी सोही दिवसका दिन शान्ति समाज पाल्पा शाखाले पाल्पास्थित सिविआरमा अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा र नवलपुर शाखाले गैंडाकोटस्थित अपांग जीवन विकास संस्थामा खाद्यान्न वितरण गरेको छ ।
यसैगरी शान्ति समाज रुपन्देही शाखाले देवीनगरस्थित नेपाल अपांग आश्रमका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
यस्तै शान्ति समाज दाङ शाखाले तुलसीपुरमा अपांगमैत्रि समाज निर्माण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शान्ति समाज केन्द्रीय कार्यसमितिको १५१ औँ बैठक मंसिर १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।
बैठकको सेरोफेरोमा नेपालगञ्जका ६ वटा शैक्षिक प्रतिष्ठानमा लागू औषध/मदिरा दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको थियो भने मंसिर १६ गते नेपालगञ्जमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर, पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर भन्दै प्रदर्शन गरिएको थियो ।
यसैगरी विश्व शान्तिको कामना गर्दै नेपालगञ्जको त्रिभुवनचोकमा दिप प्रज्वलन र नेपालगञ्जमै बहुभाषिक शान्ति काव्य प्रवाह समेत आयोजना गरिएको थियो ।
तपाईको प्रतिक्रिया