जनकपुरधाम, १७ मंसिर । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको संस्थापक अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ ।
नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले आयोजना गरेको ११औँ साधारण सभामा सहभागी हुन पुगेका भट्टराई लालबन्दीस्थित एक होटेलमा मृत फेला परेका हुन् ।
लालबन्दी–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा रातिको खाना खाएर कोठामा पुग्नुभएका उहाँ शनिबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेका हुन् ।
भट्टराईले ओछ्यानमै बान्ता गरेको तथा उनले खाने औषधि पनि छरपस्ट अवस्था भेटिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया