चुनावी मतगणनाबाट असन्तुष्टी व्यक्त गर्दै लोसपाका मिश्रा अदालत पुगे

समाचार

इमरान खान, कपिलवस्तु, १८ मंसिर । कपिलवस्तु ३ को प्रदेश सभा ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका रवीदत्त मिश्रा ६ मतान्तरले प्रदेशसभा सदस्यमा पराजित भएपछि अदालत पुगेका छन् ।

कपिलवस्तु ३ को प्रदेश सभा ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका मिश्रा नेकपा एमालेका उम्मेदवार अर्जुन केसीसँग ६ मतान्तरले पराजित भएका हुन् ।

मतगणना गर्ने क्रममा यो निर्वाचन क्षेत्रमा विवाद भएको थियो । जारी विवादका बीच मतगणना सकिए पनि मिश्रा सन्तृष्ट छैनन् ।

उनले यो निर्वाचनको मतगणनामा धाधली भएको भन्दै मतपरिणामलाई अस्विकार गरेका छन । मतगणनामा एमालेको प्रलोभनमा परेर आफूलाई मतगणनाका कर्मचारीले चुनाव हराएको उनको आरोप छ ।

उनले पुनः मतगणनाको माग राखेका छन् । पुनः मत गणना गर्न निर्वाचन अधिकृतको कार्यालय पुगे तर निर्वाचन अधिकृतको कार्यालयले नमाने पछि सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेको उनले मिश्राले जानकारी दिएका छन ।

मतगणनाबारे उनी भन्छन्, ‘निर्वाचनमा ४२ हजार १०२ मत खसेको थियो । तर मतपेटिकामा ४ सय ५७ मत गायब भए । हामीले विरोध ग¥यौ । पछि निर्वाचन अधिकृतको कार्यालयले १ सय ६४ मत मात्र नभेटिएको बताए पछि हामी ‘कन्भिन्स’ भयौं । ती हराएका मत समानुपातिक तर्फको मत पेटिकामा हुन्छन भनेर हामीलाई कार्यालयले भन्यो, हामीले स्विकार ग¥यौ । तर, समानुपातिक तर्फको मतपेटिकामा जम्मा ३३ मत भेटिए । अरु मत एकाएक कसरी गायब भए ? यहाँ चलखेल भएको छ ।’

पुनः मतगणना हुनुपर्छ भन्दा निर्वाचन अधिकृतको कार्यालयले नसुने झै गरे पछि मुद्धा हाल्न सर्वोच्च अदालत पुगेको छु,’ उनले भने ।

अदालतको फैसलाबाट पुनः मतगणना हुनेमा उनी आशावादी छन । निर्वाचन अधिकृतको कार्यालयले एमाले उम्मेदवार केसीलाई विजयी भएको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ