रूपन्देही, १८ मंसिर । बुटवल उपमहानगरपालिका–११ मझुवास्थित सडकमा लु.१ क १५७९ नम्बरको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने गोबिन्द खत्रीको छोरा १५ महिनाको बिहानी खत्रीको आइतबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया