महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई झोला र त्रिपाल प्रदान

समाचार

महोत्तरी, १९ मंसिर । मटिहानी नगरपालिकामा १९औंं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।

“महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराको साथ सोमबार मटिहानी नगरपालिकाले सो दिवस मनाएको हो ।

सो अवसरमा ३६ वटै स्वयंसेविकाहरुलाई आफ्नो कार्य क्षेत्रमा काम गर्न जान सहज हुने उद्देश्यले १/१ वटा झोला र स्वास्थ्य आमा समूहहरुको बैठकको लागि १/१ वटा त्रिपाल मटिहानी नगरपालिकाका नगर प्रमुख (मेयर) हरि प्रसाद मण्डलद्वारा प्रदान गरिएको छ ।

कार्यक्रममा मटिहानी नगरपालिकाका नगर उप–प्रमुख मंजु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, जनस्वास्थ्य अधिकृत पवन कुमार मण्डल, सि.अ.हे.व. अधिकृत नागेश्वर पाण्डेय, मटिहानी नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी प्रमुख, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु लगायतका सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ