रूपन्देही, १९ मंसिर । शुद्धोधन गाउँपालिका–२ हिरापुरस्थित सडकमा रा.१ ख ७१३ नम्बरको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
टिपरले लु.२० प १९५७ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठककर दिँदा मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका–१६ सेमलार बस्ने ३८ वर्षीय सालिकराम शर्मा मरासिनीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया