काठमाडौं, १९ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो र जनमत पार्टीका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा.सीके राउतबीच भेटवार्ता भएको छ ।
काठमाडौंस्थित वरिष्ठ नेता महतोको निवासमा सोमबार भेटवार्ता भएको हो । सो भेटघाटको क्रममा वरिष्ठ नेता महतोले डा.राउतलाई बधाई दिएका थिए ।
साथै भेटघाटको क्रममा समसामयिक राजनीतिक विषयमा गहन छलफल भएको जनाइएको छ ।
यसैगरी, डा.राउतले पूर्वप्रधानमन्त्री एवं नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरुसँगसमेत भेटवार्ता गरेका छन् ।
तपाईको प्रतिक्रिया