कैलाली, २० मंसिर । कैलारी गाउँपालिका–७ रामपुर बस्ने रामशरण चौधरीको घरबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाह समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया