प्रथम ‘स्व.गजेन्द्र नारायण सिंह’ स्मृति पत्रकारिता पुरस्कार वितरण

समाचार

सर्लाही, २० मंसिर । नेपाल पत्रकार महासंघ सर्लाही शाखाले प्रथम स्व.गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार वितरण गरेको छ ।

मंगलबार महासंघ सर्लाहीको ११औं वार्षिक साधारण सभाको उपलक्ष्यमा सञ्चारकर्मी जनार्जन खत्रीलाई सो पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

सर्लाहीमा क्रियाशील रुपले पत्रकारिता गर्दै सामाजिक सद्भाव एवं भाइचारा कायम गराउन र समृद्धिको यात्रामा डो¥याउन खत्रीले योगदान पु¥याएको भन्दै महासंघले पत्रकारिता पुरस्कारद्वारा सम्मानका साथ नगदसमेत प्रदान गरेको सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्रीले जनाएका छन् ।

पुरस्कारसहित नगद राशी रु. १५ हजार पाँच सय ५५ रुपैयाँ रहेको छ ।

महासंघ सर्लाही शाखाले अब प्रत्येक वर्ष वार्षिक साधारणसभाको अवसरमा स्व.गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार वितरण गरिने अध्यक्ष क्षेत्रीले बताए ।

वि.सं. २०७६ सालमा स्थापना भएको स्व.गजेन्द्रा नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कारको पहिलो पटक पुरस्कार वितरण भएको हो ।

मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले सो स्मृति पत्रकारिता पुरस्कारको नाममा रु.५१ हजारको अक्षय कोष खडा गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ