काठमाडौं, २० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी र जनमत पार्टीका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा.सीके राउतबीच शिष्टाचार भेट भएको छ ।
मंगलबार राष्ट्रपति कार्यालय शितलनिवासस्थित डा.राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका हुन् ।
सो भेटघाटको क्रममा देशको समसामयिक राजनीतिक निकासका विषयमा छलफल भएको डा.राउतको सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया