खैरो हेरोइनसहित युवक पक्राउ

समाचार

कैलाली, २१ मंसिर । भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्रामसहित एक युवक पक्राउ परेका छन् ।

लम्किचुहा नगरपालिका–९ बस्ने २४ वर्षीय गोबिन्द कुँवरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से.७ प ५१५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक कुँवरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ