धनुषा, २१ मंसिर । जनकपुर उपमहानगरपालिका–१ मुसहरी टोलमा ना.१ क ३१२४ नम्बरको मोनाष्टिक स्कुलको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पैदलयात्री सोही उपमहानगरपालिका–१९ बेंगा पिपराडी बस्ने ७५ वर्षीय जहर दासको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया