विद्युतरको तार सर्ट भएर आगलागी हुँदा १५ लाखको क्षति

समाचार

मोरङ, २१ मंसिर । केराबारी गाउँपालिका–५ बस्ने बिष्णु कुमारी लिम्बुको घरमा विद्युतको तार सर्ट भई आगलागी भएको छ ।

मंगलबार राति आगलागी हुँदा घर तथा घरमा रहेको सरसामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ