दुई वर्षदेखि अलपत्र महिता बाटो निर्माण हुँदै

समाचार

इमरान खान, कपिलवस्तु, २२ मंसिर । कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलको अगुवाइमा दुई वर्षदेखि अलपत्र तौलिहवाको कृषि बैक–महिता बाटो निर्माणको काम अघि बढेको छ ।

शहरी विकास मन्त्रालयमा डेलीगेशन दिँदा शहरी विकासमन्त्री मेटमणि चौधरीद्वारा तत्कालै बाटो निर्माणको काम अघि बढाउन निर्देशन दिएसँगै अब उक्त अलपत्र परेको बाटो निर्माणको काम अघि बढ्ने भएको हो ।

यही मंसिरको अन्तिम साताबाट काम अघि बढाउने निर्णय भएको छ ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरे वडा नम्बर १ का वडा अध्यक्ष जाहिद खाँ, नेकपा एकसी नेतृत्व गीता अन्जान लगायतको संयुक्त् पहलमा उक्त कार्य अघि बढेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ