कपिलवस्तु, २३ मंसिर । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेस्थित सडकमा लु.२ ख ६५०१ नम्बरको ट्रकले लु.६२ प ८७८४ नम्बरको स्कुटरलाई ठक्कर दिँदाा एक जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार अर्घाखाँची धनचौर–३ बस्ने १७ वर्षीय सम्राट खनालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागि बिएण्डबि अस्पताल ललितपुर पठाइएको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया