एमाले सरकारमा जाँदैन : उपाध्यक्ष पौडेल

समाचार

रुपन्देही, २३ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो पार्टी सरकार नगई सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

शुक्रबार बुटवलमा सञ्चारर्कीहरुसँग कुरा गर्दै पौडेलले सरकारमा नजाने धारणा व्यक्त गरेका हुन् ।

उनले जनमतका हिसाबले एमाले ठूलो पार्टी भएपनि श्रेष्ठताका हिसाबले दोस्रो भएको बताए ।

सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै नेता पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ