मुसहर महिला सशक्तिकरणद्वारा जनचेतनामूलक -याली तथा अन्तरक्रिया

समाचार

सर्लाही, २३ मंसिर । मुसहर महिला सशक्तिकरण मञ्च चन्द्रनगरको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०७९ क्रममा जनचेतना मूलक ¥याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

चन्द्रनगरको बानटोल, पोखरीया, बडकुर्वा, नाडीताल, कामत, बिर्ता बजारका २ सय ५० भन्दा भन्दा बढी मुसहर महिलाहरूले विभिन्न चेतनामूलक सन्देश सहित ब्यानर, पर्चा र पम्मप्लेटमा श्रम शोषण बन्द गरौँ, जाँडरक्सी बन्दगरौं, समान ज्याला कायम गरौँ, बालबालिकालाई पढ्न पठाऔँ, छुवाछूत बन्द गरौँ, भूमिहीन सुकुमबासीहरुलाई जग्गा दिलाऔँ भन्ने नारा लेखेका प्लेकार्ड सहित नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।

र्यालीमा चन्द्रनगर गाउँपालिकाका प्रमुख राजकुमार महतो, इश्वरपुर इलाका प्रहरी कार्यालयका प्रमुख रौसन थापा, मुसहर अगुवाहरू र साप नेपालका कार्यक्रम संयोजक सहित अन्य किशोर किशोरीहरू, महिलाहरू, बिद्यार्थीहरु र मुसहर अगुवाहरू सहभागी थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ