प्रभु साह एमालेबाट निष्काशित

समाचार

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले)ले पूर्वमन्त्री एवं स्वतन्त्र निर्वाचित प्रतिनिधिसभा सदस्य प्रभु साहलाई पार्टीबाट निष्काशन गरेको छ ।

यसैगरी, स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई पनि एमालेले निष्काशन गरेको हो ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै भुसाल र साहलाई पार्टीबाट हटाएको जनाइएको छ ।

यस्तै पार्टीले उपेन्द्र साह (रौतहट), कुन्दन कुसवाह (रौतहट) रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गङ्गा चौधरी (दाङ) र टेकबहादुर बलम्पाखी (महोत्तरी)लाई पनि केन्द्रीय सदस्यबाट निष्काशन गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ