वीरगन्ज महानगरले पत्रकार स्व.सर्राफको छोरीलाई १० कक्षासम्म पढाउने

समाचार

वीरगन्ज, २५ मंसिर । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पत्रकार स्व. नरेश सराफको छोरीलाई १० कक्षासम्म पढाउने घोषणा गरेका छन् ।

वीरगन्जमा आयोजित श्रद्धाञ्जलीसभामा नगरप्रमुख सिंहले स्व.सर्राफको परीवारलाई ५ लाख रकम दिने समेत घोषणा गरेका हुन् ।

साथै नेपाल पत्रकार महासंघ पर्साको स्व. सराफ कोषमा १० लाख दिने घोषणा गरेका हुन् ।

पत्रकार महासंघ तथा पत्रकारसम्बद्ध संस्थाको अगुवाईमा स्मृति कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

यस्तै स्वर्गीय सर्राफको परिवारलाई रेडियो वीरगंजले १ लाख, समाजवादी प्रेस संगठनले १ लाखको चेक हस्तान्तरण गरेका थिए भने भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका नेता तबरेज अहमदले स्मृत्ति कोष स्थापना गर्दा आफ्नो १ महिनाको तलब बराबरको रकम ५० हजार कोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ