मोरङ, २५ मंसिर । इंडियन आर्मी बनाईदिन्छु भनी करिब २ करोड रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पथरीशनिश्चरे नगरपालिका–३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिङ तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
तामाङले करिब २५ जना ब्यक्तिहरुलाई इंडियन आर्मी बनाउँछु भनि जनही ५ देखि ६ लाख उठाई उक्त रुपैयाँ ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया