धनुषा, २५ मंसिर । मिथिला नगरपालिका–९ बडहरीमा ना.६ ख २४१० नम्बरको ट्रकले ज.१० प ७८३९ नम्बरको मोटरसाइकललाई एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालक सप्तरी जोगिनिया–३ बस्ने ४५ वर्षीय राधेश्याम रजक साफीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तपाईको प्रतिक्रिया