किसान महासंघद्वारा खाद्य संस्थानमा धर्ना

समाचार

वीरगन्ज, २६ मंसिर । नेपाल किसान महासंघ पर्साले धानको समर्थन मूल्य कार्यान्वयनको लागि खाद्य संस्थान वीरगञ्जमा धर्ना दिएको छ ।

महासंघले आइतबार ¥यालीसहित नगर परिक्रमा गर्दै किसानहरूले धानको समर्थन मूल्य कायम तथा मल उपलब्ध गराउनुपर्ने माग गर्दै धर्ना दिएका थिए ।

असर्फी साह तेलीको नेतृत्वमा खाद्य संस्थान पुगेका किसानहरूले राज्यले किसानप्रति गरेको भेदभाव तत्काल समाधान नगरे केही समयभित्र पर्साभरिका किसानहरूलाई उतारेर कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ