मोरङ, २६ मंसिर । बुढीगङ्गा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेजमा राज मिस्त्रीको काम गर्ने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
कटहरी गाउँपालिका–५ बस्ने १९ वर्षीय सुमन सरदारको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो ।
काम सकेपश्चात हात खुट्टा धुने क्रममा मोटर जोडेको तारबाट करेन्ट लागी अशक्त भएका उनको बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया