१० किलो गाँजासहित श्रेष्ठ पक्राउ

समाचार

सर्लाही, २६ मंसिर । लालबन्दी नगरपालिका–१ मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित एक जना पक्राउ परेका छन् ।

हरिवन नगरपालिका–३ बस्ने २० वर्षीय नितेश श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बा.७९ प २२३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । 

हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ