मोरङ, २६ मंसिर । पथरीशनिश्चरे नरपालिका–४ सोमबारे बस्ने ४३ वर्षीय कर्ण बहादुर लिम्बुको घर नजिकैको ग्वालीमा आइतबार राति आगलागी भएको छ ।
सो आगलागीबाट ग्वाली पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको हो ।
प्रहरीले स्थानीयबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया