१५ केजी अफिमसहित तीन जना पक्राउ

समाचार

कपिलवस्तु, २७ मंसिर । कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध अफिमजस्तो देखिने पदार्थ करिब १५ केजीसहित तीन जना पक्राउ परेका छन् ।

रुकुम काक्री गाउँपालिका–९ घर भएका हाल दाङ तुल्सीपुर उपमहानगरपालिका–१७ मानपुर बस्ने ४३ वर्षीया आशा कुमारी बुढा लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ